Useful  Links

Online DEMAT Application Form

Please fill all required fields in the form to proceed to the next step.


  • Personal Details
  • Contact / Account Details
  • Occupation Details
  • Nominee Details
  • Document Details
  • User Agreement

 Type of Client (ग्राहकको प्रकार)

*
*
*
*
*

 Details of Client (ग्राहकको विवरण)

*
*
*
*
*
*
*
*


*
*
*

 Guardian Details (सम्रक्षकको विवरण)

*
*
*
*
*
*
*
*
*
*
*

 Citizenship / Passport Details (नागरिकता/पासपोर्ट विवरण)*


 Bank Details (बैंक खाता विवरण)

*
*
*
*

 Current Address (हालको ठेगाना)

*
*
*
*
*
*
*
*
*


 Permanent Address (स्थायी ठेगाना)

*
*
*
*
*
*

 Occupation Details (पेशागत विवरण)

*
*
*









 Nominee Details (इच्छाइएको व्यक्ति सम्बन्धी विवरण)

मेरो मृत्यु भएको अवस्था वा मैले नसकेको अवस्थामा देहायको व्यक्तिले मेरो नाममा भएको सम्पूर्ण धितोपत्रको हकदावी गर्न पाउने छ ।

 Applicant Documents  (नाबालकको हकमा सम्रक्षकको दस्तखत/ल्याप्चे राख्नु पर्नेछ । )

*
*
*
*
*
*

 Nominee Documents  (इच्छाइएको व्यक्ति सम्बन्धी विवरण भर्नुभएको भए मात्र दस्तखत/ल्याप्चे राख्नुहोला ।)

*
*
*

निक्षेप सदस्य र हितग्राही व्यक्ति वा संस्थाबीचको सम्झौता ।

यसपछि ("हितग्राही" भनिएको) दोस्रो पक्ष बीच देहायका शर्तहरु पालना गर्ने सहमतिसाथ यो सम्झौता गरिएको छ ।
  • १. सामान्य प्रावधान : यस सम्झौताका पक्षहरू धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६८ का व्यवस्था र सिडिएससिले समयसमयमा जारी गरेका विनियमलाई यसै सम्झौतामा उल्लेख भए सरह र यसै सम्झौताको हिस्साको रूपमा पालना गर्न सहमत छौं ।
  • २. रकम असुल उपर : हितग्राहीले सदस्यलाई तिर्नुपर्ने रकम तोकिएको मितिभित्र बुझाउनु पर्नेछ ।
  • ३. खाताको फाटवारी (स्टेटमेन्ट) : सदस्यले हरेक तीन महिनाको अन्तमा हितग्राहीलाई निजका खाताको फाटवारी प्रदान गर्नेछ । तर यस अवधिमा कुनै कारोबार नभएमा खाताको फाटवारी दिनु पर्ने छैन ।
  • ४. विवरणमा भएका परिवर्तनहरूबारे हितग्राहीले सूचित गर्नुपर्ने : हितग्राहीले सूचित गरेको अवस्था बाहेक, हितग्राहीले विवरणमा भएको परिवर्तन सदस्यलाई जानकारी नगराएको कारणबाट हितग्राहीलाई हुन सक्ने कुनै हानी उपर सदस्य उत्तरदायी वा जिम्मेवार हुने छैन ।
  • ५. हितग्राहीको दावीप्रति निक्षेप सदस्य उत्तरदायी नहुने : सुरक्षणका लागि हितग्राहीको खाताबाट खर्च लेखिएको / क्रेडिट गरिएको तेस्रो पक्षका दाबी अदालत वा राजस्व निकायबाट तोकिएको वा भाग भएको कुनै शुल्क, दस्तुर, कर प्रति सिडिएससि तथा सदस्य उत्तरदायी हुने छैनन् ।
  • ६. प्रत्येक हितग्राही निम्न कुरामा विशेष रूपले जिम्मेवार हुनेछ :
    • (क) निक्षेप सदस्यसँग भएको सम्झौता र खाता खोल्दाका विववरणहरु तथा तथ्य सम्बन्धमा,
    • (ख) निक्षेप सदस्यसाग खाता खोल्दा पेश गरेका लिखितको अधिकारीकता र सत्यता सम्बन्धमा,
    • (ग) निक्षेप सदस्यबाट प्रत्येक कारोबार निर्देशन बमोजिम खाताबाट घटाएको र थपेको कुराकोसुनिश्चित गर्ने,
  • ७. आधिकारिक प्रतिनिधि : हितग्राही सङ्गठित संस्था वा कानूनी व्यक्ति भएमा त्यसले संस्था वा व्यक्तिको तर्फबाट प्रतिनिधित्व गर्ने अख्तियार प्राप्त व्यक्ति सदस्यसँगको सम्झौता क्रियान्वित गर्नेछन् । प्रतिनिधिको हेरफेर वा अन्य कुनै किसिमको परिवर्तन भएमा हितग्राहीले सदस्यलाई तुरुन्त जानकारी गराउनेछ ।
  • ८. सम्झौता रद्द गर्ने : विनियमावली तथा सञ्चालन निदेशिकामा उल्लेख गरिएअनुसारका शर्तबन्देजको अधिनमा रही पक्षहरुले यो सम्झौता जुनसुकै समयमा रद्द गर्न सक्नेछन् । कुनै पनि पक्षले सम्झौता रद्द गरेमा हितग्राहीको खातामा भएका धितोपत्रहरुलाई सोही हितग्राहीको निर्देशनबमोजिम सदस्यले व्यस्थापन गर्नेछ ।
  • :
  • ९. काबुबाहिरको परिस्थिति यस सम्झौता वा विनियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आधी तुफान, बाढी, चट्याङ, भाइचालो, आगलागी, विस्फोटन वा दैवी प्रकोप, युद्ध, विद्रोह, क्रान्ति, हुलदंगा, निषेधाज्ञा, नाकाबन्दी, अवरोध, दंगा, नागरिक कलह, हड्ताल, तालाबन्दी, बहिष्कार, कुनै उपयोगी सेवामा अवरोध जस्ता मजदुर कारवाही वा अशान्ति, शत्रुको कारवाही, अपराधिक षड्यन्त्र, आतंकारीको गतिविधि वा तोडफोड, विध्वंस, प्रणालीमा गडबडी, अनाहक प्रवेश वा प्रतिकार गर्न नसकिने अन्य कुनै शक्ति वा वाध्यता लगायत काबु वा नियन्त्र बाहिरका घटनाद्वारा यस सम्झौता अन्तर्गतको दायित्वमा कुनै कार्य सम्पादन नगरेको, विलम्ब गरेको वा उल्लंघन भएकोमा कुनै एक पक्षलाई हुन गएको हानीनोक्सानी, क्षतिको सोधभर्ना वा क्षतिपूर्ति दिन अर्को पक्ष उत्तरदायी हुनेछैन ।
  • १०. जनाउ : यस सम्झौताअनुसार दिइने अथवा आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार लिखित रुपमा र प्रापकको हालसालको ठेगाना नपठाएसम्म बन्धनकारी हुनेछैन ।
  • ११. विवादको समाधान : पक्षहरुका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा भिन्नताका सम्बन्धमा विनियमालीमा तोकिएअनुसारको मध्यस्थता समितिको व्यवस्था यस सम्झौताका पक्षहरुलाई पनि लागु हुनेछ ।
  • १२. नियमनकारी कानून : यो सम्झौता प्रचलित नेपाल कानूनद्वारा नियमन तथा व्याख्या हुनेछ ।