Useful  Links

Online TMS Application Form

Please fill all required fields in the form to proceed to the next step.

  • Personal Details
  • Contact Details
  • Occupation Details
  • Aditional Information
  • Document Details
  • User Agreement
*
*

 Type of Client (ग्राहकको प्रकार)

*
*
*
*
*

 Details of Client (ग्राहकको विवरण)

*
*
*
*
*
*
*


 Guardian Details (सम्रक्षकको विवरण)

*

 Citizenship / Passport Details (नागरिकता/पासपोर्ट विवरण)

*
*
*
*

 Bank Details (बैंक खाता विवरण)

*
*
*
*

 Temporary Address (हालको ठेगाना)

*
*
*
*
*
*
*
*
*
*


 Permanent Address (स्थायी ठेगाना)

*
*
*
*
*
*
*
*

 Occupation Details (पेशागत विवरण)

*
*
*









Additional Information ( कारोबार सम्बन्धी विवरण)


Houselord Details (बहालामा बस्नेको हकमा घर मालिकको विवरण )

 Document Details (नाबालकको हकमा सम्रक्षकको Thumb Print र दस्तखत upload गर्नुहोला । )

(jpg/gif/png) *

 नाबालिक/बौद्धिक रूपमा असक्षमहरुको हकमा मात्र ।

(jpg/gif/png)
(jpg/gif/png)
धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम १० संग सम्बन्धित कारोवार सदस्य र ग्राहकबिचको सम्झौता पत्र
  • १. प्रचलित धितोपत्र ऐन, नियम, विनियम, कार्यविधि तथा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड लगायतका नियमक निकायले समय समयमा जारी गरेका निर्देशिका, परिपत्र रनिर्देशन समेतलाई यसै सम्झौतामा उल्लेख भए सरहमानी सम्झौताका पक्षहरुले सोको पालना गर्न मन्जुर गर्दछन् ।
  • २. दोस्रो पक्षले यस सम्झौता गर्दाको वखतवा यस भन्दा अघि प्रथमपक्षलाई दिएको सूचना, दोस्रो पक्षको ग्राहक परिचय विवरण (केवाइसी)मा भरेको विवरणमा कुनै फेरवदल भए, फेरबदल भएको ७ कार्य दिनभित्र प्रथम पक्षलाई जानकारी दिई आफ्नो पहिचान तथा खाताका विवरणहरु अद्यावधिक गराउन मञ्जुर गर्दछ ।
  • ३. दोस्रो पक्षधितोपत्रको कारोबार गर्न कानून बमोजिम अयोग्य ठहरिने कुनै अवस्था उत्पन्न भई कारवाहीमा परेमा, आर्थिक रुपमा टाट पल्टिएमा, विघटनमा गएमा, दामासाहीमा परेमा वा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेमा वा अन्य कुनै कारणले कानूनत आर्थिक कारोवार गर्न असमर्थ भएमा प्रथमपक्षलाई तुरुन्त जानकारी दिन मञ्जुर गर्दछ ।
  • ४. दोस्रो पक्षले यस सम्झौतामा उल्लेख गरेको वा ग्राहक परिचय विवरण (केवाइसी) मा उल्लेख भएको इमेल ठेगाना वा मोबाइल नम्बरमा दोस्रो पक्षले प्रयोग गर्ने युजरनेम तथा पासवर्ड प्रथमपक्षले उपलब्ध गराउने छ । प्रथमपक्षले उपलब्ध गराएको वा सो पश्चात दोस्रो पक्षले परिर्वतन गरेको युजरनेम वा पासवर्डको गोपनियता कायम गर्ने र आफ्नो नियन्त्रणमा राख्ने दायित्व दोस्रो पक्षको हुनेछ ।
  • ५. दोश्रो पक्षले बिक्री कारोवार गर्दा मौज्दातमा धितोपत्र रहेको वा रहने कुनै एक हीतग्राहीखाता प्रथम पक्षलाई उपलब्ध गराउने छ । उक्त खाता अन्य धितोपत्र कारोवार सदस्यलाई दिने छैन । यदी एउटै खाता अन्य धितोपत्र कारोवार सदस्यलाई दिइहुने जोखिको जिम्मेवारी दोश्रो पक्षले लिने छ ।
  • ६. दोस्रो पक्षलाई दिइएको युजरनेमबाट भए गरेको सम्पूर्ण कारोबारहरुको दायित्व बहन गर्ने तथा सो समयमा राफसाफ गर्ने जिम्मेवारी दोस्रो पक्षको हुनेछ ।
  • ७. दोस्रो पक्षलाई प्रदान गरीएको युजरनेमको प्रयोग गरी सिर्जना हुने दायित्व तथा सम्झौतारत पक्ष र नेप्से समेतको सम्पत्तिमा कुनै हानी नोक्सानी भएमा सो प्रति दोस्रो पक्ष जिम्मेवार हुनेछ ।
  • ८. दोस्रो पक्षले आफ्नो युजरनेम प्रयोग गरी वा प्रथमपक्षलाई आदेश दिई बिक्री भएका धितोपत्रहरुको निर्देशनपूर्जी जारी गर्नुपर्ने दायित्व दोस्रो पक्षको हुनेछ । यसरी बिक्री भएको धितोपत्रको हस्तान्तरण दोस्रो पक्षले टि+१ (T+1) को १२ बजे भित्र प्रथमपक्षको राफसाफ खातामा जम्मा गर्म नसकी उक्त कारोवारको राफसाफ हुन नसकेमा सो बाट सिर्जित सम्पूर्ण दायित्व दोस्रो पक्षले वहन गर्नुपर्नेछ ।
  • ९. दोस्रो पक्षले धितोपत्र बिक्री गरिसकेपछि सो धितोपत्रको आधार मूल्य प्रथमपक्षलाई राफसाफ समयको १(एक) दिन पूर्व नै उपलब्ध गराउनु पर्नेछ । आधार मूल्य समयमा उपलब्ध नगराएमा, फर्जी वा गलत आधार मूल्यका कारण उत्पन्न हुने कानूनी तथा आर्थिक दायित्व वा हानी नोक्सानी दोस्रो पक्षले व्यहोर्नु पर्नेछ ।
  • १०. दोस्रो पक्षले बिक्रि गरेको धितोपत्रको कारोबारमा लाग्ने कर, शुल्क, दस्तुर तथा अन्य प्रणालीगत शुल्कहरु तथा प्रथमपक्षले धितोपत्र खरीद बिक्री सम्वन्धमा थप सुविधा प्रदान गरेमा लाग्ने थप स्वीकृत दस्तुर कट्टा गरी बाँकी रकममात्र प्रथमपक्षले दोस्रो पक्षलाई भुक्तानी गर्नेछ ।
  • ११. दोस्रो पक्षले खरीद आदेश प्रणालीमा प्रविष्ट गर्दा प्रथमपक्षले तोकेको कारोबार लिमिटको सीमाभित्र रही गर्नु पर्नेछ । दोस्रो पक्षले प्रथमपक्षलाई अग्रिम रुपमा बुझाएको रकमको ४ (चार) गुणा सम्म कारोबार लिमिट प्राप्त गर्न सक्नेछ । उक्त कारोबार सीमा दोस्रो पक्षले बुझाएको रकमको चार गुणा भन्दा बढी हुने छैन ।
  • ११.१ दोस्रो पक्षले प्रथमपक्षलाई अग्रीम रुपमा बुझाएको रकम दोस्रो पक्षले खरिद गर्ने धितोपत्रबाट सृजना हुने कुल दायित्व रकममा समायोजन हुनेछ ।
  • ११.२ दोस्रो पक्षले धितोपत्रखरिद गरेवापत सृजना हुने कुल दायित्व रकममा प्रथमपक्षलाई अग्रीम रुपमा बुझाएको रकमतथा दोस्रो पक्षले धितोपत्र विक्रि गरि प्रथमपक्षसंग भुक्तानी लिन बाँकी भए सो समेत समायोजन गरि बाँकी रहेको दायित्व रकम कारोबारको राफसाफ हुनु भन्दा पहिले प्रथमपक्षलाई दोस्रो पक्षले भुक्तानी गर्नुपर्नेछ ।
  • ११.३ दोस्रो पक्षले प्रथमपक्षलाई तिर्नुपर्ने रकम कारोबार राफसाफ हुनुपूर्व भुक्तानी गर्न नसकेमा दोस्रो पक्षको नाममा खरिद भएको धितोपत्र प्रथमपक्षले बिक्रि गर्न सक्नेछ । तर दोस्रो पक्षले प्रथमपक्षसंग रकम तिर्ने समय माग गरेमा प्रथमपक्षले आफ्नो अनुकुलता हेरि दोस्रो पक्षले खरिद गरेको धितोपत्रको रकम भुक्तानी गर्न निश्चित समय दिन सक्नेछ !
  • ११.४ सर्त नं. ११.३ बमोजिम दोस्रो पक्षको कारोवार राफसाफ गर्न उपयोग भएको प्रथमपक्षको रकममा दोस्रो पक्षलाई दिएको थप निश्चित समयवधी सम्ममा दोस्रोपक्षले तिर्नुपर्ने बाँकी रकम प्रथमपक्षलाई उपलब्ध नगराए सम्मको वा दोस्रो पक्षको धितोपत्र विक्रि गरी प्रथमपक्षलाई रकम प्राप्त नभएसम्मको समयावधीमा प्रथमपक्षले ब्यहोर्नु परेको बास्तविक लागत थप गरि हुन आउने दायित्व दोस्रो पक्षले प्रथमपक्षलाई भुक्तानी गर्नु पर्नेछ वा दोस्रो पक्षलाई प्रथमपक्षले दिनुपर्ने हिसावमा कट्टा गर्न सक्नेछ ।
  • ११.५ दोस्रो पक्षले प्रथमपक्षलाई बुझाएको अग्रिम रकममा दोस्रोपक्षले खरिद गर्ने धितोपत्रको राफसाफ नभएसम्मको अवधीसम्म प्रथमपक्षको राफसाफ खातामा रहदा प्रथमपक्षले बैंकबाट प्राप्त गर्ने प्रतिफल (खुद ब्याज) दोस्रो पक्षलाई फिर्ता दिन मञ्जुर गर्दछ ।
  • ११.६ प्रथमपक्षले दोस्रो पक्षसँग लिनु पर्ने दायित्व रकमको लागत गणना तथा निर्धारण गर्दा प्रथमपक्षले बाणिज्य बैंकवाट ऋण लिदा आफुले तिर्नु पर्ने ब्याजदरमा सेवा शुल्क वापत....प्रतिशत बिन्दुले लागत थप गरि दायित्व निर्धारण गरिनेछ ।
  • ११.७ प्रथमपक्षले दोस्रो पक्षलाई धितोपत्र बिक्रि वापतको भुक्तानी दिनुपर्ने अवस्थामा काबु बाहिरको परिस्थिति सृजना भै भुक्तानी रोकिन गएमा तत्कालीन समयमा वाणिज्य बैकहरुले आफ्ना ग्राहकलाई बचत खातामा दिने ब्याज बराबरको रकम थप गरि भुक्तानी रकम उपलब्ध गराउने छ ।
  • १२. दोस्रो पक्षले कारोबार सीमाका लागि प्रथमपक्षलाई बुझाउने सबै किसिमका भुक्तानी चेक वा अन्य विद्युतीय माध्यमबाट गर्नुपर्नेछ ।
  • १३. दोस्रो पक्षले कारोबार प्रयोजनका लागि प्रथमपक्षलाई उपलब्ध गराएको रकम तथा धितोपत्रकारोवार राफसाफ प्रयोजनमा मात्र प्रयोग गर्नुपर्नेछ ।
  • १४. दुवै पक्षको आपसी सहमतिमा दोस्रो पक्षले प्रथमपक्षलाई यस्तो कारोबार सीमाको लागि आवश्यक अग्रिम भुक्तानी बैंक ग्यारेन्टी तथा कारोबार योग्य धितोपत्रहरुको माध्यमबाट पनि गर्न सक्ने छ । यस्तो धरौटी दोश्रो पक्षले आफनो दायीत्व समयमा भुक्तानी नगरेमा प्रथमपक्षले दोस्रो पक्षलाई जानकारी दिई नगदमा परिणत गर्न सक्ने छ ।
  • १५. कारोबार सिमा गणना प्रायोजनको लागि कारोबार योग्य धितोपत्रको मुल्यान्कन बजार मुल्यको बढिमा ७०% सम्म गर्न सक्ने छ । धितोपत्र तथा धितोपत्र बजारमा हुने सम्भावित जोखिमलाई मध्यानजर गरी प्रथमपक्षले दोश्रो पक्षलाई उपलब्ध गराएको कारोबार सिमा दोश्रो पक्षलाई जानकारी फेरबदल गर्न सक्नेछ ।
  • १६. खरीद कारोबारपछि बाँकी रहेको रकम खरिद बिल बमोजिम दोस्रो पक्षले टि+२ (T+2) भित्रमा प्रथम पक्षको खातामा जम्मा हुने गरी प्रथमपक्षलाई उपलब्ध गराउनु पर्नेछ । यसरी रकम उपलब्ध गराउदा अग्रिम भुक्तानी रकममा उपलब्ध गराएको भए सो रकम समायोजन गर्ने सुविधा दोस्रो पक्षलाई हुनेछ ।
  • १७. खरिद कारोबार पश्चातदोस्रो पक्षले राफसाफ समयभित्रमा आफ्नो दायित्व पुरा नगरेमा टि+४ मा प्रथमपक्षले दोस्रो पक्षलाई जानकारी गराई दोस्रो पक्षकै नाममा खरिद गरिएको तथा जमानतमा लिइएको धितोपत्र बिक्री, बैंक जमानतबाट रकम र सो को लागत बापतको सोधभर्ना र नपुग रकम कानून बमोजिम असुल उपर गरि लिन सक्नेछ ।
  • १८. दोस्रोपक्षको धितोपत्र बिक्री गरि प्रथमपक्षको लेना रकम असुलउपर गरी रकम बाँकी रहेमा दोस्रो पक्षको अग्रिम भुक्तानी सम्मको रकम दोस्रो पक्षलाई फिर्ता गरी थप रकम बाँकी रहनगए धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हुनेछ ।
  • १९. दोस्रो पक्षले खरीद गरेको धितोपत्र खरिदबाट सिर्जित दायित्वहरु पुरा गरेपछि वा कारोवारको राफसाफको दिन मध्ये जुन पछी हुन्छ सो को भोलिपल्ट ग्राहकको निक्षेप खातामा प्रथमपक्षले धितोपत्र हस्तान्तरण गर्नु पर्नेछ ।
  • २०. दोस्रो पक्षको नामवाट कारोवार भएपश्चात दोस्रो पक्षको मृत्यु भएमा, दामासाहीमा परेमा, मगज बिग्रिएमा वा अन्य कुनै कारणवाट दोस्रो पक्षको नामवाट भएका कारोवारको राफसाफ हुन नसक्ने स्थिति सिर्जना भएमा उक्त कारोबारको राफसाफको जिम्मेवारी निज वा निजको कानूनी उत्तराधिकारीको हुनेछ । कानुनी उत्तराधिकारीवाट पनि राफसाफ हुन नसकेमा प्रचलित कानून बमोजिम हुनेछ ।
  • २१. नियमक निकायहरुबाट कारोबारहरु रद्द भएमा वा रद्द गर्ने आदेश प्राप्त भएमा सो कारोवारहरु स्वतः रद्द हुनेछन । सोको दायित्व प्रथमपक्षले बहन गर्ने छैन ।
  • २२. दोस्रो पक्ष नावालक वा कानूनतः पक्षको रुपमा करार गर्न अयोग्य देखिएमा निजको संरक्षक वा प्रतिनिधिले यो सम्झौता गर्न सक्नेछ ।
  • २३. प्रथमपक्षको काबु बाहिरको परिस्थितिको कारणबाट उत्पन्न हुने कुनै पनि दायित्वमा प्रथम १% जिम्मेवार हुने छैन ।
  • २४. दोस्रो पक्षले आफ्नो कारोवारको निम्ति आदेश दिन लिखित मञ्जुरी दिई प्रतिनिधिनि युक्ति गर्न सक्ने छ सो प्रतिनिधिवाट भएका सम्पूर्ण कारोबारहरु निजदोस्रो पक्षले नै गरेसरह मान्य हुनेछ ।
  • २५. धितोपत्रमा गरीने लगानीमा जोखिम हुन्छ भन्ने कुरामा दोस्रो पक्ष जानकार रहेको मानिनेछ र सो जोखिमबाट सिर्जित हुने हानी नोक्सानीप्रति दोस्रो पक्षनै जिम्मेवार रहनेछ ।
  • २६. दोस्रो पक्षले निम्नलिखित माध्यमवाट कारोबार आदेश दिन सक्ने छ :


*